काठमाडौं – एसिया कपमा नेपालले पाकिस्तानविरुद्धको खेलमा ४ विकेट लिएको छ ।

लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानका पाँचौं ब्याटर अगाह सलमानलाई ५ रनमा नै सर्ट थर्डमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् । यसअघि २३.४ ओभरमा लामिछानले मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका थिए ।

त्यस्तै करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेर पहिलो खाता खोलेका थिए ।

भने कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएर दोस्रो विकेट लिएका हुन् ।