काठमाडौं – एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध तेस्रो विकेट लिएको छ । २३.४ ओभरमा सन्दीप लामिछानले मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका छन् ।

यसअघि नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेर पहिलो खाता खोलेका थिए । भने कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएर दोस्रो विकेट लिएका हुन् ।