काठमाडौं – ‘छक्कापञ्जा’ फेम्ड निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला बिहीबार जन्मदिन मनाउँदैछिन् । उनको बर्थडेमा केक काट्ने कार्यक्रम त हुने भइहाल्यो । उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

यस्तोमा दीपाश्रीलाई दीपकराज गिरीको शुभकामना दिने शैलीले भने धेरैको ध्यान खिचेको छ । दीपकले फेसबुकमा दीपा र आफ्नो तस्वीर पोस्ट गर्दै दीपालाई आफ्नो जीवनकै उत्कृष्ट साथी भएको बताएका छन् ।

दीपालाई तीन दशकअघि पहिलोपटक भेट्दाखेरिको स्मरण गर्दै दीपकले दीपाको खुलेर प्रशंसा गरेका छन् । काव्य शैलीमा दीपकले लेखेको शुभकामना पोस्टमा दीपकले लेखेका छन्-

यो केटी त कस्ती घमण्डी, मैं हुँ भन्छे बोल्न त परै जाओस् हेर्दा पनि हेर्दिन

आज भन्दा करिब तीन दशकअघि तिमीसँगको पहिलो भेट,

मलाई आज पनि याद छ जसरी हामी किताबको कभर हेरेकै भरमा पूरै विषय अनुमान गर्छौं

ठीक त्यस्तै तिमीप्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले

तर मलाई थाहा थिएन यो त्यही केटी हो जो अरूको पीडालाई आफ्नो सम्झेर समय बिताउँछे

जिन्दगीको खेलमा आफू हार्छे तर अरूलाइ जिताउँछे

मप्रतिको तिम्रो योगदानलाई त मैले सिर्फ एक शब्दमा बुनेको छु

चोट मलाई लाग्दा तिम्ले ऐया भनेको सुनेको छु

कमजोरी पनि भनिदिन्छु यहाँ हरेकको हातमा क्याल्कुलेटर छ

कहाँ फाइदा छ, कहाँ बेफाइदा छ

कहाँ जोर छ, कहाँ बिजोर छ

यस्तो दिमागै दिमागको सहरमा पनि तिमी मनको कुरा गर्छौं

त्यसैले त तिम्रो हिसाब चाहिं अलि कमजोर छ मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौं, करोडौं र अरबौं शुभकामना ।।