भरतपुर – भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्। उनले १३३ मतसहित सुरुवाती अग्रता लिएकी हुन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले १२७ मत प्राप्त गरेका छन्। स्वतन्त्रबाट मेयरका उम्मेदवार जगन्नाथ पौडेलले १० मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ८० मत प्राप्त गरेकी छन्।