काठमाडौं – क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउ सुपर जायनट्सले इन्डियन प्रिमियर लिग आईपीएलमा शुक्रबार सनराइजर्स हैदरवादलाई ५ विकेटले पराजित गरेको छ ।

आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि हैदरवाद भने अंकविहीन हुँदै पुछारमा छ ।

घरेलु मैदान अटल बिहारी बाजपायी एकना क्रिकेट मैदानमा लखनउले हैदरवादले दिएको १२२ रनको लक्ष्य १६ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए । यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । छक्का प्रहार गर्दै जित पक्का गरेका निकोलस पुरनले ६ बलमा अविजित १० रन बनाए । मराकुस स्टोइनिसले पनि अविजित १० रन बनाए ।

हैदरवादका आदि रशिदले दुई तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।

हैदरवादका लागि राहुल त्रिपाटीले सर्वाधिक ३४ रन बनाउँदा अनमोलप्रित सिंहले ३१ रन बनाए । अब्दुल सामदले १० बलमा अविजित २१ रन बनाए । साविङ्गटन सुन्दरले १६ रन जोडे ।

हैदरवादलाई कम स्कोरमा रोक्न लखनउका क्रुनलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । भेट्रान स्पीनर अमित मिशाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । रवि विश्नोईले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । यस ठाकुरले पनि १ विकेट लिए ।