काठमाडौं – शुक्रबार सुनको मूल्य घटेको छ र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ४० रुपैयाँको कायम भएको छ ।

बिहीबार छापावाल सुन मूल्य एक लाख १० हजार २ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजर ६५० र चाँदी १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।