काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालका कुशल मल्लले पनि अर्धशतक पूरा गरेका छन् ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ४ छक्का ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नामिबियाविरुद्धको खेलमा यसअघि ज्ञानेन्द्र मल्लले ६५ र आशिफ शेखले ८१ रनको योगदान गरेका छन् । पहिले ब्याटिङ गरेको नामिबियाले २७५ रनको लक्ष्य दिएको थियो ।