काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका छन् । उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन् ।