अस्मिता अधिकारी र एसडी योगीको स्वर रहेको गीत ‘शिरमाथि शिरफूल’ सार्वजनिक भएको छ । गीतमा कृष्ण सुवेदीको शब्द र गायक योगीकै लय सिर्जना छ ।
गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र विज्ञानले अभिनय गरेका छन् । छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् ।
सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोका निर्माता प्रशान्तराज मालाकार र विज्ञान हुन् ।
https://www.youtube.com/watch?v=lYHCQMHRDkM












