३ चैत, काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व बिहीबार पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् ।
सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् । उनीहरु सामाजिक सञ्जालका टाइमलाइनमा होलीका तस्वीर सेयर गरिरहेका देखिन्छन् ।
कलाकारहरु दीपकराज गिरी, रेखा थापा, दीपिका प्रसाईं, आँचल शर्मा, पुष्पा खड्का, एलिजा गौतम लगायतले रङ दलेर फागुपर्व मनाएका तस्वीर सेयर गरेका छन् । गिरीले चन्द्रागिरीस्थित घरमै परिवारसँग मनाए भने दीपाले पनि परिवारसँगै सेलिब्रेट गरेकी छन् ।















