काठमाडौं – बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् ।

चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् ।

के तपाईं सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘राजनीतिलाई लिएर म खुला छु । हुँदिन भन्दिन । यस मामिलामा म आफूलाई मौका दिन सक्छु । यदि भाजपा वा हिमाञ्चलका जनता चाहन्छन् भने जनसेवाको लागि म हिमाञ्चलको मन्डीबाट आगामी लोकसभाको चुनाव लड्न सक्छु ।’

कंगनाले उक्त इभेन्टमा फिल्म मात्र नभएर राजनीतिक मामिलामा पनि आफ्नो दृष्टिकोण खुलेर राखिन् । उनले मुलुकको वर्तमान अवस्था र आगामी बाटोबारे पनि कुरा गरिन् ।