प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले आर्सनललाई २-० ले पराजित गरेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंक दूरी १ मा झारेको छ।

बुधबार राति आर्सनलको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।

पहिलो हाफको खेल गोलरहित बराबरिमा सकिए पनि लिभरपुलका लागि जोटाले ५४औं र फिर्मिन्होले ६२औं मिनेटमा गोल गरे ।

जितपछि लिभरपुलले २९ खेलबाट ६९ अंक जोड्दै उपाधि होडमा सिटीलाई चुनौती दिएको छ । समान खेलबाट सिटीको ७० अंक छ ।