काठमाडौं – नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएका विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ ।
बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ ।
बाढीका कारण विद्यार्थी, शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन ।










