काठमाडौं – शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.७९ अङ्कले घटेर २ हजार ६८८.८८ विन्दुमा झरेको छ । नेप्से हिजो ४ र अस्ति ३३ अङ्कले ओरालो लागेको थियो ।
आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १८६ वटा कम्पनीको शेयर घटेकोमा ७८ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज गरिमा समृद्धि योजनाको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीका ९७ लाख ७७ हजार कित्ता शेयर ४ अर्ब २ करोड रुपैयाँमा किनबेच भएको छ ।












