काठमाडौं – ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ । एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदा स्पेनले बेल्जियममाथि २–१ को कठिन जित निकाल्यो । इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पन्छायो भने अर्जेन्टिनाले पनि अतिरिक्त समयसम्म पुगेको खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्‍यो ।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्नेछन् । संयोग यस्तो छ कि अन्तिम चारमा पुगेका सबै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् ।

चारै टोलीले यसअघि विश्वकप जितिसकेका छन् । फ्रान्स तेस्रो, स्पेन र इंग्ल्यान्ड दोस्रो तथा अर्जेन्टिना चौथो उपाधिको खोजीमा छन् ।