काठमाडौं – लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ५७ अङ्कले बढेर २ हजार ६५१ दशमलव ६८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको उपसूचक बढेकोमा व्यापार समूहको उपसूचक १ दशमलव ८९ प्रतिशत, बैंक समूहको उपसूचक १ दशमलव ५१ प्रतिशतले उकालो लागेको छ ।

आज २१० वटा कम्पनीको शेयर बढेकोमा ५७ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज कलङ्गा हाइड्रोको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आत्मनिर्भर लघुवित्तको शेयर १३ दशमलव ७८ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका ९५ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।