काठमाडौं – सामाजिक संजाल मार्फत साम्प्रदायिक घृणा फैलाउने तीन जना रुकुम पश्चिमबाट पक्राउ ।
सामाजिक संजालमा ‘Jiban oli’ नामक फेसबुक पेजमा राखिएको मधेशी मुलको जस्तो देखिने व्यक्तिलाई दुर्व्यबहार गरिएको भिडियो सामाग्री बनाई सम्प्रदायिक घृणा फैलाई जात, जाति वा सम्प्रदाय बिचको सम्बन्धमा खलल पुऱ्याउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार अपरान्ह रुकुम पश्चिम माछिमीबाट अभियुक्तहरु पक्राउ परेका हुन् । उक्त घटनामा संलग्न रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी २८ बर्षका डिल्ली बहादुर ओली, सोहि गाउँपालिका बस्ने बर्ष ३१ का राजन के.सी. र अर्का अभियुक्त कपिलबस्तुका कृष्णनगर नगरपालिका वडा नं.४ शिरसवा घर भई हाल रुकुम (पश्चिम) मुसिकोट नगरपालिका वडा नं. १ सल्ले स्थित पाउरोटी उद्योग संचालन गरी बस्दै आएका अन्दाजी बर्ष ३१ का रघुबिर कोरी रहेका छन् ।

उनिहरु माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरी स्रोतले बताएको छ ।