काठमाडौं – फिफा विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई १ गोलले पराजित गर्दे समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
यो खेलमा स्पेनका एलेक्स बाएनाको एक मात्र गोल निर्णायक भयो । उनले खेलको ४२औँ मिनेटमा गोल गरे । जितपछि स्पेन समूह ‘एच’मा ७ अंक जोडेर समूह विजेता बनेको छ ।
समूहमा दुई बराबरी र एक हारबाट उरुग्वे २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप फुटबलको डेब्यूमै समूह चरणमा अपराजित रहेर अन्तिम ३२ मा प्रवेश गरेको छ ।
तीनै खेल बराबरी खेलेको केप भर्डेको ३ अंक छ । केप भर्डे यो समूहको उपविजेता बन्यो । समूह ‘एच’ मा साउदी अरबले २ अंक मात्रै जोड्न सक्यो । यससँगै उरुग्वे र साउदी अरब विश्वकपबाट बाहिरिएका छन् ।
अहिले बिहान पौने ९ बजे समूह ‘जी’ का २ वा खेल हुँदैछन् । क्यानडाको बीसी प्लेस भ्यानकुभरमा न्युजिल्यान्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रङ्गशालामा इजिप्ट र इरान खेल्दैछन् ।
तालिकामा इजिप्ट ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा १ अङ्कसहित न्युजिल्यान्ड पुछारमा छ ।













