काठमाडौं – साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ अन्तर्गत टोलीको पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् ।
अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक गरेका हुन् । उनले खेलको १६औँ, ५८औँ र ७६औँ मिनेटमा गोल गरे ।
सन् २००६ देखि विश्वकप खेल्दै आएका मेस्सीको यो विश्वकप करियरकै पहिलो ह्याट्रिक हो । यसअघि उनले विश्वकपका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिए ।
ह्याट्रिकसँगै मेस्सीको विश्वकप गोल संख्या १६ पुगेको छ । यससँगै उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको विश्वकप गोल कीर्तिमानसँग बराबरी गरेका छन् ।











