काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीलाई दोषी देखाउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ १५ गते संसदमा पेश गरेको आर्थिक विधेयकमा करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो । उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीको त्रुटि थियो ।
कर्मचारीहरूले बिहान ४ बजे टाइप गर्दा केही कुराहरू छुटेका तर आफू अर्थ मन्त्रालयको अभिभावक भएकाले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाइ छ । उहाँले जेठ १७ गते नै त्रुटि सुधारका लागि संसद् सचिवालयमा निवेदन पठाइसकेको जानकारी दिनुभयो । तर विपक्षी दलहरूले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनुअघि नै ५ बुँदे त्रुटि सुधारको पत्र कुन कानूनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन् ।
अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाफ दिनुभएन । उहाँले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को जनादेश पचाउन नसकेका पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको भनी राजनीतिक आरोप लगाउनुभयो ।












