काठमाडौं – एशियाली खेलकुद छनोटमा नेपालले मलेशियालाई २७६ रनको लक्ष्य दिएको छ । सिङ्गापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो ।
नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भए । भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा १०औँ खेलाडी हुन् । भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए ।
यस्तै आजको खेलमा आसिफ शेखले ६८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । मलेशियाका विरनदीप सिंहले ३ विकेट लिए ।
प्रतियोगितामा समूह ‘ए’ को यो अन्तिम खेल हो । नेपाल र मलेशिया दुवै सेमिफाइनलमा पुगिसकेका छन् । यो खेल जित्ने टोली समूह विजेता बन्ने छ । नेपाल र मलेशियाले यसअघिको खेलमा चीनलाई हराएका थिए ।
यस्तै समूह ‘बी’ बाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।











