काठमाडौं – ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउटमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले मेरिलाइन्डलाई हराएकी हुन् ।

कोच जोनको ब्याटलको लागि ‘हाउ डीप इज योर लभ’ गीत गाएर गाएर चारैजना कोचलाई परिजिताले मन्त्रमुग्ध बनाएकी थिइन् ।

जोनसहित चारैजना कोचले नकआउट चरणका लागि परिजितालाई रोजेका थिए । १७ वर्षीया परिजिता परिवारसहित अमेरिकामा बस्दै आएकी छन् ।