काठमाडौं – शेयर बजार लगातार तेस्रो दिन घटेको छ । हिजो र अस्ति दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७३ अङ्कले घटेर २ हजार ७३८ दशमलव ७२ विन्दुमा झरेको छ ।

आज बैंक र उत्पादन बाहेक सबै समूहको सूचक घटेको छ । आज १६१ वटा कम्पनीको शेयर घटेकोमा ९८ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर १० दशमलव ३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन श्रीनगर एग्रिटेकको शेयर साढे १२ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीको १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।