काठमाडौं – लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव २७ अङ्कले बढेर २ हजार ८६६ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सूचक बढेकोमा होटल तथा पर्यटन समूहको सूचक ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै जलविद्युत् र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज २२१ वटा कम्पनीको शेयर बढेकोमा ४५ वटाको घटेको छ । यस्तै ३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, सुपर खुदी हाइड्रोपावर, शिखर पावर डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिलायन्स स्पिनिङ मिल्सको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति सोमवार ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३४४ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर १० अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ ।











