काठमाडौं – अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बिहान ठक्कर दिएको र स्कुटरका चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
स्कुटर पछाडी बसेका एक जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छैन । स्कुटरलाई ठक्कर दिएको टिपरमा स्थानीयबासिन्दाले आगजनी गरेका छन् ।










