काठमाडौं – चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । ब्रेन ह्यामरेज भएपछि उहाँको काठमाडौंको ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा डाक्टरले आज दिउँसो पौने १ बजे ४५ वर्षीय सिटौलालाई मृत घोषणा गरेका हुन् । ग्रान्डी अस्पतालले विज्ञप्ति निकालेर उहाँको निधन भएको जानकारी गराएको छ ।
सिटौलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । उहाँ चलचित्र पत्रकार सङ्घको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा सिटौला अछाम पुगेका बेला अचानक बेहोस भएर ढलेपछि अस्ति शुक्रवार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।










