काठमाडौं – इरानमा जारी विरोध प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ । बीबीसीका अनुसार, विरोध प्रदर्शन मत्थर हुनेभन्दा थप चर्कंदै गएको छ ।
बीबीसीको ‘फ्याक्ट फाइन्डिङ युनिट’ले मानव अधिकारवादी समाचार एजेन्सी ९एचआरएनए० लाई उद्धृत गर्दै उल्लेख गरेका अनुसार, देशभर जारी प्रदर्शनका क्रममा हालसम्म ‘दुई सुरक्षाकर्मीसहित ३५ जनाको मृत्यु भएको’ अनुमान छ। मारिनेमा चारजना बालबालिका समेत रहेका छन् ।
एजेन्सीका अनुसार २८ डिसेम्बरदेखि सुरु भएको यो विरोध प्रदर्शन अहिले देशका ३१ प्रान्त र १११ शहरहरूमा फैलिसकेको छ । पछिल्लो ११ दिनमा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने २ हजार २०० जनालाई पक्राउ गरिएको छ ।
बीबीसी फ्याक्ट फाइन्डिङ युनिटले मृत्यु हुनेमध्ये बालबालिकासहित २१ जनाको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सफल भएको उल्लेख गरेको छ । एजेन्सी












