काठमाडौं – देशभरका विभिन्न प्रहरी कार्यालयका हिरासतमा रहेका १४ सय थुनुवा अझै फरार छन् ।
जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि हिरासतका थुनुवालाई प्रहरीले छाडिदिएको थियो ।
ती मध्ये केही थुनुवा पक्राउ पर्नुका साथै केही आफै आए पनि अझै १४ सय थुनुवा फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।
‘जेनजी प्रदर्शनमा छाडिएका मध्ये अझै १४ सय थुनुवा फरार छन् । सामान्य अपराधदेखि कर्तव्य ज्यान, बलात्कारसम्मका थुनुवा अहिले फरार छन् ।










