बैतडी – बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ गुडिरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ च ४१२८ भ्यान पाटन नगरपालिका ६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईतेमध्ये रमेश भट्टको उपचार भइरहेको र अरु दुई जनाका उपचार पछि डिस्चार्ज भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले उज्यालोलाई जानकारी दिनुभयो । रासस