काठमाडौं – निर्देशक दिनेश राउतले आगामी फिचर फिल्म ‘कुमारी’को घोषणा गरेका छन् । शुक्रबार बेलुका सामाजिक संजालबाट उनले नवौं निर्देशकीय प्रोजेक्टको पोस्टर सार्वजनिक गरे ।
प्रेमकथामा आधारित हुने फिल्मको पोस्टरमा दुई नयाँ अनुहारलाई देख्न सकिन्छ । दुई डेब्यू कलाकार अभिषेक खड्का र आकृति राजभण्डारीलाई रोमान्टिक भावमा पोस्टरमा देख्न सकिन्छ ।
राउतको निर्देशकीय करिअर पनि लभस्टोरी फिल्म ‘आइएम सरी’बाट सुरु भएको थियो । यसअघि आठ फिल्म निर्देशन गरेका राउत नवौं फिल्मसम्म आइपुग्दा मूल जनरामा फर्किएका छन् ।












