दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा कीर्तिमान रचेको छ ।
रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो ।
गीतलाई २२ घण्टामै १८ लाखभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।
दुर्गेशको गीतले रिलिजको २२ घण्टामै विष्णु माझीको गीतको उक्त रेकर्ड तोडेको हो । यो समाचार लेख्दासम्म दुर्गेशको गीतलाई १८ लाख भन्दा धेरैपटक हेरिएको छ । यो गीत रिलिज अघिदेखि नै चर्चामा थियो ।










