काठमाडौं – स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार कागतीको भाउ घटेको देखाएको हो ।
आज मंगलबार कागतीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ । सोमबार कागती किलोको २५० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागती प्रतिकिलो २४० रुपैयाँ कायम छ ।
एक साताअघि कागती किलोको २ सय ७० रुपैयाँमा किनबेच भएको थियो । वैशाख पहिलो साता कागती प्रतिकिलो २ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो ।










