काठमाडौं – चीनबाट अवैध तरिकाले लुकाइ–छिपाइ नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार बा४ख ६२०१ नम्बरको स्याउ बोकेको ट्रकमा लुकाइ–छिपाइ ल्याएको अवस्थामा सात किलो ६ सय ५३ ग्राम सुन हिजो बरामद गरिएको हो ।

ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।