अभिनेत्री वर्षा सिवाकोटीको ब्यस्तता फिल्ममा निकै बढेको छ । उनले एकपछि अर्को फिल्म साइन् गरिरहेकी छन् । ‘छक्कापञ्जा ५’ पछि वर्षा निकै डिमान्डेड बनेकी छन् ।

वर्षा अभिनित ‘झिल्को’ गतसाता रिलिज भयो । उनले हालै ‘माग्ने राजा’को छायांकन पनि सकिन् । उनले विहीबार मात्र नयाँ फिल्म साइन् गरेकी छन् ।

परिच्छेद सेनले निर्देशन गर्न लागेको फिल्म ‘महाराजधिराज’मा वर्षालाई शीर्षमध्येको भूमिकामा देख्न पाइनेछ । निर्मातासँग उनको लिखित समझदारी भएको छ ।

यसअघि यो फिल्ममा पल शाह र रमेश उप्रेती अनुबन्धित छन् ।