काठमाडौं – शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २५ अङ्कले बढेर २ हजार ६ सय ७३ दशमलव ६९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर झन्डै साढे ५ प्रतिशत, जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, बुटवल पावर, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ४ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ सय ८ वटा कम्पनीका २ करोड ७२ लाख कित्ता शेयर १० अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।