काठमाडौं – सुनको भाउ आज एकैदिन ६ हजार नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुनको भाउ तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।