जनकपुरधाम – सिरहामा यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माइतघरमै पासोमा झुण्डेको अवस्थामा मंगलबार मृत फेला परेकी हुन् ।
मंगलबार दिउँसो साढे ३ बजेतिर घरमा झुण्डेको अवस्थामा मृत फेला परेको भन्ने जानकारीपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पतारका प्रहरी निरीक्षक रविनराज मैनालीले बताए ।












