पपस्टार जस्टिन बिबर नेपालमा पनि उत्तिकै चर्चित छन् । यहाँ पनि उनको फ्यान फलोइङ बलियो छ । पछिल्लो समय उनी गीतभन्दा निजी जीवनले चर्चामा छन् ।

हालै उनको स्वास्थ्य र आर्थिक अवस्था, पत्नी हेली बिबरसँग सम्बन्ध विच्छेदबारेको हल्ला फैलिएको थियो । अहिले जस्टिन र हेली दुवैले अमेरिका छाड्ने योजना बनाएको बताइएको छ ।

व्यक्तिगत जीवन र सम्बन्धविच्छेदको हल्लाबाट बच्न यी जोडीले हलिउड जीवन छोड्ने निर्णय गरेको विवरणमा उल्लेख छ । जस्टिनका हालैका फोटो देखेर उनले लागूऔषध सेवन गरिरहेको दावी पनि भैरहेको छ । यस्तो अवस्थामा यो जोडी लाइमलाइटबाट टाढा रहन चाहन्छ ।

हालै ‘युएस सन’सँगको कुराकानीमा स्रोतले जस्टिनको रुचिको बारेमा कुराकानी गरेको थियो । जस्टिनले पुनः साधारण जीवनको आनन्द उठाउन चाहेको स्रोतले बताएको थियो । ‘तिनीहरू शान्त वातावरणमा बाँच्न चाहन्छन् र व्यस्त जीवनलाई केही समयको लागि रोक्न चाहन्छन् । यसैले तिनीहरू विदेशमा समय बिताउन चाहन्छन् र वर्षको अधिकांश समय उत्तर अमेरिकामा बस्न चाहन्छन्’ स्रोतले भन्यो ।

यसैकारण जस्टिन मौसम राम्रो भएको ठाउँको खोजीमा छन् । परिवारको गोपनीयता कायम र सहरको हलचलबाट टाढा होस् भन्ने उनी चाहन्छन् । यस्तो ठाउँमा उनी श्रीमती र छोरासँग गुणस्तरीय समय बिताउन चाहन्छन् । स्रोतका अनुसार, तनाव आउने कुराबाट उनी ‘डिस्कनेक्ट’ हुन चाहन्छन् ।

स्रोतले ‘लाइफ एन्ड स्टाइल’लाई बताएअनुसार जस्टिन छोरा ज्याकको लागि सुरक्षित वातावरणसहितको बसोबास सिर्जना गर्न चाहन्छन् । दुबैजना इटालीमा ‘लाइमलाइट’बाट परको जीवन बाँचिरहेका हलिउड अभिनेता जर्ज क्लुनीबाट प्रेरित छन् ।