काठमाडौं – शुक्रबारदेखि नेपालमा बहुप्रतीक्षित मानिएको नेपाली फिल्म प्रेमगीत ३ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ र सुनिला थापा लगायतको मुख्य भूमिका रहेको छ । नेपाल सहित भारत, अमेरिका, अस्ट्रेलिया, जापान लगायत विभिन्न मुलुकका एक हजार दर्य सय भन्दा बढी सिनेमा हलबाट फिल्म एकसाथ प्रदर्शनमा आएको छ । फिल्मले विश्वभरबाट साढे ५ करोड भारुको ओपिनिङ गर्ने भारतीय न्युज पोर्टल बलिउड हंगामाले प्रक्षेपण समेत गरेको छ ।

प्रदर्शनअघि ‘प्रेमगीत ३’ टिम र चलचत्रि विकास बोर्डबीच विवाद समेत भएको थियो । यसको हिन्दी संस्करणलाई लिएर दुवै पक्ष आरोप-प्रत्यारोपमा उत्रिंदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मध्यस्थता समेत गर्नुप¥यो । प्रेमगीत ३ को हिन्दी संस्करणलाई पनि नेपाली फिल्मकै मान्यता दिने मन्त्रालयको निर्णयपछि विवाद मत्थर भयो ।

यद्यपि एकैदिन रिलिज हुने भनिए पनि ‘प्रेमगीत ३’को हिन्दी संस्करण भने प्राविधिक कारण ददेखाउँदै शुक्रबार नेपालमा रिलिज भएन । नेपाल सहित भारत, अमेरिका, अस्ट्रेलिया, जापान लगायत विभिन्न मुलुकका एक हजार दर्य सय भन्दा बढी सिनेमा हलबाट फिल्म एकसाथ प्रदर्शनमा आएको छ ।