काठमाडौं – सुनको भाउमा आज एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । गएको मङ्गलवार फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।