विपिन कार्की स्टारर ‘कर्मा’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले विहिबार शीर्ष कलाकार विपिनको लुक्सलाई सार्वजनिक गरेका हुन् ।
प्रायः सामाजिक चरित्रमा देखिँदै आएका कार्की यसमा एक्सन रोलमा छन् । यसअघि ‘नाका’मा एक्सन अवतारमा देखिएका उनी यो फिल्मबाट एक्सन भूमिकामा फर्किएका हुन् ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । यो फिल्म चैत २९ मा प्रदर्शन तयारीमा छ ।
फिल्ममा उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको समेत अभिनय छ । मुकुन यो फिल्ममा खलपात्रको भूमिकामा छन् ।