काठमाडौं – ‘अविरल मायाको कोसेली’ विवादमा तानिएको छ । द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लिरिसिस्ट तथा प्रोड्युसर पुनम मोथे यतिखेर भर्चुवल वारमा छन् ।
सिडी विजय अधिकारीले गाएको अविरल मायाको कोसेलीलाई पुनम मोथेले लेखेकि हुन् । पुनम मोथेको आफ्नै लगानी रहेको उक्त गित मोथेको युट्युब च्यानलमा प्रकाशित छ । गित चर्चामा आएसँगै दुई जनाविचको विवाद बाहिरिएको हो ।
मोथेको कारण आफु डिप्रेसनमा समेत जान लागेको अधिकारीले लेखेका छन् । “म्युजिक भिडियोको बाँकी पैसा अहिलेसम्म हात नपरेको र टर्चर मैले सहेको कि तिम्ले भन्ने कुरा पनि प्रमाण सहित आउँला।” भनेर गायक अधिकारीे लामो स्ट्याटस लेखेका छन् ।
केहि समय अघि गायक अधिकारीलाई मोथेले ‘जुन थालमा खायो त्यही थालमा दिशा गर्ने’ भनेर स्ट्याटस लेखेकि थिइन् ।
गायक अधिकारीले लेखेको स्ट्याटस यस्तो छ ।
“अब जति अनुनय बिनय गरेपनि हटाउँदिन है बहिनी यो Status। किनकी बोलेको कुरा गर्नैपर्छ, म प्रमाणसहित आउँछु।
अब त अत्ति गर्यौ है बहिनी Poonam Mothey । मुख्य कुरा पूरा पैसा दिसके भन्छौ भने तिम्रो म्युजिक भिडियोको बाँकी पैसा अहिलेसम्म हात परेको छैन। र टर्चर मैले सहेको कि तिम्ले भन्ने कुरा पनि प्रमाण सहित आउँला। मेरो यो कदमले मेरो इमान्दारिता प्रमाणित गर्ने मात्र हैन तिमीसँग काम गर्दा हजारपटक सोचेर काम गर्नलाई अन्य इमान्दार ब्यक्तीलाई पनि सुचना मिल्छ।
पैसा भन्दापनि ठुलो प्रश्न चिन्ह नै मेरो इमान्दारितामा मै आएर अडिएपछी अब चाहिँ म कदापी चुप बस्ने छैन बहिनी। तिम्रो भिडियो बनाउँदा एक रुपियाँ पनि कतैबाट खाएको रहेछु भने तिम्रो लगानीको डबल दिन तयार छु। कि तिमीले मलाई लगाएको आरोपको प्रमाण देउ नत्र म अब एक-एक पाई पाई हिसाब र प्रमाण जुटाउन तर्फ लाग्छु।
समय लाग्ला तर मुख्यत: भिडियोको मामिलामा मलाई लगाइएको आरोप बृस्तित रुपमा उजागर गर्नेनै छु किनकी सोच्नै पर्ने कुरा प्रथमत: लोकेशन दिएबापत लोगो राखिएका सबै ठाउँमा न म भिडियो शुटको बेला पुगेको नै छु न मेरो ती संस्थाका कुनै जिम्मेवार ब्यक्तीसँग सम्पर्क नै छ। मागेजति लोकेशन चार्ज तिर्न नसकेपछी थोरै रकम तिरेर अनि विशेष धन्यबाद सहित भिडियोको सुरुवातमै लोगो राख्नुपर्ने मागलाई स्विकारेर शुटिङ्ग सम्पन्न गरिएको कुरामा सबै मैले जानकारी पाएकै हो। तरपनि विशेष धन्यबाद भिडियो अन्त्यमा मात्र राखिवरी फाइनल भिडियो हेर्न बहिनिलाई पठाइएको पनि त थियो। जसरी पनि राम्रो भिडियो बनाएर बहिनीलाई खुशी बनाउने अनि चित्त बझाउने भनेर नै सबै मेहेनत गरिएको हो।
म केबल बहिनी र म्युजिक भिडियो टिम बिचको पुल अथवा मध्यस्तकर्ता मात्र बन्न पुगेको हुँ जस्ले पुरै भिडियो शुटमा उपस्थिति जनाउन सकिन , मात्र भिडियो शुटको अन्त्यतिर पुगेर तपाइँहरुको कडा मेहेनत र दुखको पारिश्रमिक तिर्ने मान्छे म नै हुँ , म आईपुगेँ ढुक्क हुनुस् र के कति हिसाब भयो म हुँ जिम्मेवार ब्यक्ती मलाई भन्नुस् भन्न मात्र पाएको थिएँ ।
म त सिर्फ मेरो अनुपस्थितिमा मेरो टिमले सोच्नै नसकेको झिनो बजेटमा ३ दिन लगातार शुट गरेर , त्यति धेरै लोकेशनहरु शिफ्ट गरेर, त्यत्रो 25/30 जनाको टिमलाई (कलाकार र डान्सरहरुसहित) ३ दिनसम्म खाना र यात्राको ब्यबस्था मिलाएर, त्यति धेरै कपडाहरु खरिद र भाडा गरेर तथा ती लोगो राखिएका लोकेसनमा हात जोडेर भएपनि कथाले मागेको चिज कुनै कम्प्रोमाइज बिना पूरा गरेर यति सुन्दर भिडियो कसरी बनायो भन्नेमा आश्चर्य चकित बन्नु र टिमलाई आभार ब्यक्त गर्नुमै मक्ख परेर बसेको थिएँ।
मलाई एक रत्ती कल्पनासम्म पनि थिएन कि मलाइ दाइ भनेर सम्मान गर्ने बहिनीले यतिसम्म पनि बिश्वास गर्दैनौ कि लाखौँ तिरेर पनि खिच्न तथा दुख दिन नमिल्ने त्यो अनाथ आश्रम र त्यहाँका अबोध बालबालिकाहरुलाई रातैभर पर्खाएर भिडियो शुट गर्दा त्यो अनाथ आश्रमलाई केही रकम तथा आश्रमको लोगो राखेर स-धन्यवाद आभार गर्नुमा हाम्रो कस्तो स्वार्थ र फाइदा थियो होला ?
त्यस्तै, बजेट र समयको आभाव सँगै स्वयं भिडियोको मध्यस्तकर्ता सिडी बिजय अधिकारीको अनुपस्थिती तथा अन्यौलता हुँदा हुँदै पनि निर्देशक, प्रोडक्सन म्यानेजर, कलाकार अनि कायामेरामेन सबैको हात जोडाइलाई नकार्न नसकी महङ्गो लोकेशन चार्जको साटो सानो रकम दिएर तथा लोगो राखेर विशेष धन्यबाद दिने सर्तमा अन्य लोकेशन उपलब्ध गराएर स्टुडियोसरी रजाईँ गरि गरि खिच्ने अनुमति दिनेलाई विशेष धन्यबाद दिँदा कस्को भिडियो राम्रो भयो होला अनि कस्लाई फाइदा भयो होला – बहिनीलाई कि मलाई ? र यो हात जोडाइ गरेर पाएको लोकेसनले सजिएको भिडियो बन्नुमा कसरी र काहाँनिर मेरो अनैतिक फाइदा अनि स्वार्थ भयो ???
बहिनीले सम्मानको कुरा भन्दै गर्दा यसरी त कसरी सम्मान र बिश्वास देखियो त मरी मरी दुख गरेर, हात जोडेर काम गर्ने हाम्रो टिमप्रति र आश्रम तथा ति सबै अनाथहरु अनि लोकेसन दाताहरु प्रति ?
दुस्खसँग रातैभरी खिचेर त्यत्रो ७-८ मिनेटको गीतलाई भिडियोमा उतार्नु अकल्पनिय नै थियो मेरो टिमका लागि। म यति खुशी थिएँकी त्यो मेरो खुशीको पल अनि टिमको ३ दिनको दुखलाई मनन गरेर आँफनै गोजिबाट नपुगेको रकम तिर्ने मुर्खता समेत गरेको रहेछु। त्यस्तो स्वार्थै भएको भए र तिम्लाई अपमान गर्नै चाहेको भए मेरो गोजिबाट गएको पैसा बापत Supported by भनेर CD Vijay अधिकारी भनेर लेख्ने थिएँ होलानी। मैले त सिर्फ सोचेँ गीत आखिर मेरै पनि त होनी।
अडियो देखि भिडियोसम्म आईपुग्दा हरेकपटक घाटा बेहोर्नुलाई र दुस्ख अनुसारको पारिश्रमिक नलिकन गीत र भिडियोलाई हदैसम्म सुन्दर बनाउन प्रयास गर्नुलाई म र मेरो टिममा कुन प्रकारको फाइदा र स्वार्थ थियो होलारु अझ, त्यो बाहेक गीतलाई टिकटक प्रमोसन गर्नलाई एकदिनभरि म आँफैले ब्यबसायिक क्यामेरामेन लिएर टिमसहित टिकटक भिडियो शुट गरेर आँफैले दिनभरिको सबै खर्च गरेर सयौँ टिकटक बनाएर गाली नै खाने गरि अबिरल गीतको मात्रै टिकटक पोष्ट गरेको मेहेनत र योगदान प्रयासमा पनि खै कस्तो स्वार्थ थियो होला र कसलाई फाइदा भयो होला ?
न मैले भिडियो गरौँ भनेर कलाकार र भिडियो टिमसँग बारम्बार मिटिङ्ग बस्दा खेरिका हजारौँ खर्चहरुको वास्ता गरेँ। न त मैले त्यसपछी गीत र भिडियोलाई राम्रो बनाउन आँफ्नो मन खुशीले गरेका सबै अतिरिक्त खर्चहरुको लेखाजोखा नै गरेँ। गरेँ त सिर्फ ‘अबिरल मायाको कोशेली’ गीत राम्रो भैदियोस् , हिट भैदियोस् अनि बहिनी खुशी होस् भन्ने कामना र प्रार्थना🙏
भिडियोमा नसोचेको धेरै खर्च भैदियो के गर्ने होला भन्दा बहिनीले मेरो कुनै अनुरोध नसुन्ने र कुनै सल्लाहमा नजाने बुझेपछी म स्वयंले ल ठिक छ जे जतिसुकै घाटा होस् मै बेहोर्छु तर लोकेशन दिएर भिडियो राम्रो बनाउन सहयोग गर्ने लोकेशनदाताहरुप्रति आभारी हुनैपर्छ है भनेर कुरा पनि राखेको थिएँ तर हैन भन्छौ भने त्यो पनि म बेहोर्छु भनेकै थिएँ र बहिनीसँग मैले माफी मागिकन त्यस्लाई बहिनीले सकारात्मक सोचेर बिस्वास गर्छौ होला भन्ने आशा र अनुरोध बहिनीमाझ राखेको पनि थिएँ। ल ठिक छ, अनुमति नै लिइनस् त भनेर आरोप लाउन छुट होला तिम्लाई तर उल्टै पैसा खाएर लोगो राखिस् भनेर आरोप लगाउनलाई प्रमाण चाहिँदैन तिमीलाई ?
Special Thanks भन्नुमा र Supported by अथवा Sponsored by भन्नुमा के फरक छ बुझन बहिनी भनेर बारम्बार बिलौना गरेकै थिएँ। तर त्यहाँबाट पैसा खाइस अब भिडियोको बाँकि पैसा पठाउँदिन भन्यौ र सम्मान त्यहाँ देखायौ तिम्ले हाम्रो मेहेनतको🙏
भिडियो अप्लोड हुनुभन्दा अघि बहिनीलाई पूरा भिडियो पठाएको पनि थियौँ मेहेनतको जस मिल्ला अनि कमी कमजोरी भए भन्छौ कि भनेर। बहिनीले कति राम्रो भिडियो भनेकी थियौ तर त्यतिबेला त केही आएन विशेष धन्यबाद को बारेमा आपत्ती। अनि प्रोमोशनमा लागीरहँदा र हरेक प्रमाणहरु दिँदै गर्दा पनि सुरुवाती चरणमा भ्युज गएन , टिकटक गएन भनेर भन्दै तपाईं झुट बोल्दै हुनुहुन्छ भनेर बारम्बार घण्टौ मलाई फोनमा गाली गरिरहँदा समेत यी विशेष धन्यबादका कुरा अझै आएन नत्र उतिबेलै त्यो अंश काटेर फाल्न पनि त सकिन्थ्यो। अहिले महिनौँपछी आएर अचम्मैको आरोप सहन कसरी सकिएला बहिनी ?
नेपाली संगीत क्षेत्रका भिजेलान्तेहरुको बहकाउमा लागेर होकी बहिनीको मनशायनै त्यस्तो हो खै बुझ्न सकिरहेको छैन। बहिनिले म्युजिक भिडियो अप्लोड भाकै दिन बाँकी रहेको रकम पठाउने बाचा विभिन्न लाल्छनाहरुसहित आजसम्म नपठाउँदा समेत म त्यति सारो दुखि छैन तर घाटा बेहोरी बेहोरी गरेको राम्रो कामको जस पाउनुको साटो फ्रड गरेको, चोरी गरेकोजस्तो स्वार्थ र फाइदा लिएको आरोप लगाउनुमा जस्तो असह्य पीडा मलाई अहिलेसम्म कसैबाट मिलेको थिएन ।
तर यति भन्दै गर्दा अस्ति एकपटक भनेझैँ status नै लेखेर मलाई फेरि भन्छौ होला बहिनी ‘जो चोर उसकै ठूलो स्वर।’ त्यो सम्मान म फेरि पनि लिन तयार छु तर अब भने प्रमाणहरु सहित त्यो सम्मान दिनुपर्छ है त बहिनी🙏🙏
फेसबूकभरि तथानाम लेखेर मलाई टर्चर दिने बहिनी तिमीलाई पनि यही फेसबूक पोष्टबाटै बाचा गर्छुकी लोकेशन वालाहरुसँग मैले पैसा खाएँकी उनिहरुले पैसा लिए , सबै प्रमाण छिट्टै यही फेसबूकमा नै छर्लङ्ग गर्नेछु। पक्कै पनि स्वयम् मोडल ज्युहरु लगायत धेरैजना साक्षी हुनुहुन्छ ती प्रमाणहरु दिनलाई।
साथै, बहिनीलाई ज्ञान थिएन होला, जसरी अडियोमा गायक गायिका र भिडियोमै पनि निर्देशक-कलाकारहरु लगायत सबैलाई पारुश्रमिक पुरै दिएर पनि नाम लेख्नैपर्ने नियम हुन्छ त्यसरीनै कम बजेटको कारण आँशिक अथवा एकदमै न्यून रकम दिएर बिशेष धन्यबाद भनेर लोगो राख्ने नियम हरेक भिडियो निर्माण पक्षको पहिल्यैदेखिनै चलिआएको पक्ष हो किनकी त्यस्ता लोकेशनहरुसँग राम्रो सम्बन्ध राखिरहनु र एउटा घामले मात्र जाडो जाँदैन भन्ने सकारात्मक सोच राखेर उनिहरुलाई विशेष धन्यबाद दिनुमा कुनै नकारात्मक स्वार्थ र फाइदा हुँदै हुँदैन।
तरपनि दुख लाग्छ मरी मरी दुख गरि गरि ‘अबिरल मायाको कोशेली’ गीतलाई हदैसम्मको मेहेनत गरेको कुरा कसरी बिर्सन सक्यौ बहिनी। तिमीले हरेक पटक केही न केही कुरालाई issue बनाएर बाँकी पैसा म पठाउन्न भन्दै, समाजिक सञ्जालभरि पोष्ट गर्दै या घण्टौ कल गर्दै, Depression मै पुर्याउने गरि भिडियो रिलिज भाको दोश्रो दिन देखिनै पटक पटक Torture दिनु नै तिमीबाट मैले मेरो मेहेनतको पाउनुपर्ने उपहार रैछ।
दाइ भनेर तिम्ले दिने सम्मान र दाइप्रती एउटा बहिनीले गर्ने बिश्वासको यही हो रैछ उदाहरण। धन्यबाद बहिनी👏🙏।
तिम्ले र मैले आस्था राख्ने इश्वर फरक फरक होलान् बहिनी तर पाप गर्नेलाई कुनै इश्वरले पनि अवश्य उन्मुक्ती दिनुहुनेछैन।कसले पाप गर्यो या गलत सोच राख्यो अथवा स्वार्थ पुर्ती गर्ने प्रयास गर्यो, ढिलो चाँडो यसको प्रतिफल भोग्नैपर्ला।
र अन्त्यमा, बहिनीको अडियो देखि भिडियोमा लागेको सबै खर्च बिबरण राखेर बहिनीले लगाएको आरोपको स(प्रमाण खण्डन गर्दै मैले आँफ्नो इमान्दारिता अवश्य प्रमाणित गर्नेछु किनकी यो बिषय अब सानो रहेन अनि हामी मुड बनाएर सिर्जनामा लाग्ने ब्यक्तिहरु यसरी महिनौँसम्म आरोप र टर्चर सहेर कदापी राम्रो सिर्जना गर्न सक्दैनौँ। भन्छ्न् नी, ‘हिसाब र केजाती हो क्लियर गरिहाल्नुपर्छ नत्र हानी हुन्छ’।”
