‘एक्टर : टेक वन’ले शनिबार देशब्यापी ३३० शो प्राप्त गरेको छ । सकारात्मक समीक्षासँगै फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेको हो । सार्वजनिक बिदाको दिन देशब्यापी अकुपेन्सी पनि सुखद छ ।

कानूनी अवरोधको कारण पूर्वनिर्धारित मितिभन्दा २ दिन ढिला रिलिज भएको यो फिल्मलाई लिएर दर्शकमाझ उत्साहजनक पर्खाइ छ । फिल्मको शुक्रबारीय अकुपेन्सी अपेक्षाभन्दा न्यून देखिएपनि निर्माता ‘बलियो वर्ड अफ माउथ’को मद्दतमा पिकअप लिनेमा आशावादी छन् ।

शनिबार बिहानैदेखि दर्शक भेट्न कलाकार प्रदीप खड्का, राजवल्लभ कोइराला, दिब्या रायमाझी हल–हलमा पुगिरहेका छन् । हल भिजिटमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको अभिनेता खड्काले बताए । ‘उत्साहजनक र पोजेटिभ फिडब्याक छ’ खड्काले भने ।

दर्शकले क्लाइमेक्सको प्रशंसा गरेका छन् । फिल्ममा आना शर्मा, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको पनि अभिनय छ । पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । भुसाल निर्देशक समेत हुन् ।