काठमाडौं – प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टारर एक्सन-थ्रिलर फिल्म ‘एक्टर : टेक वान’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट रनटाइमको ट्रेलरले कथावस्तुबारे प्रकाश पारेको छ ।
राजन भुसाल निर्देशित फिल्मलाई थमन भण्डारीले निर्माण गरेका हुन् । अद्धृत फिल्म्सको प्रस्तुतिमा ‘एक्टर’लाई मोती फिल्मले निर्माण गरेको हो । फिल्ममा सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डेय, बादल भट्ट लगायतको पनि अभिनय छ । निर्देशक भुसालसँग मिलेर आकाश बरालले पटकथा लेखेका हुन् ।









