अविरल मायाको कोसेली विवादमा तानिएको छ । द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी तथा लिरिसिस्ट तथा प्रोड्युसर पुनम मोथे यतिखेर भर्चुवल वारमा छन् ।
सिडी विजय अधिकारीले गाएको अविरल मायाको कोसेलीलाई पुनम मोथेले लेखेकि हुन् । पुनम मोथेको आफ्नै लगानी रहेको उक्त गित मोथेको युट्युब च्यानलमा प्रकाशित छ । गित चर्चामा आएसँगै दुई जनाविचको विवाद बाहिरिएको हो । मोथेले आफ्नो फेसबुक स्ट्याटसमार्फत् सटायर हानेकी थिइन् भने उक्त स्ट्याटसलाई गायक अधिकारीले डिफेन्ड गर्न खोजेको जस्तो देखिन्छ ।
मोथेले लेखेको स्ट्याटस यस्तो छ ।
‘बिदेशमा बसेर आफ्नै गित आफ्नै लगानी लगाएर मैले त नेपालमा भएको कलाकारहरुलाइ गित लेखेर लगानी गरेर रोजगरी सहित नाम र दाम दिएको छु।केही मानिसहरु जुन थालमा खायो त्येही थालमा दिशा गर्ने प्रविर्ती देखाएर आफ्नो अश्लियत देखाउनु हुदैछ।देखेको भन्दा फरक रहेछ यो कलाकारिता क्षेत्र।आफै गित लेख आफै लगानी गर आफै अवसर दियो अनि आफै बदनामी हुन परिरहेको छ यो कुन प्रविर्ती हो मैले बुझिरहेको छैन।बास्तविक्ता बुझ्दैछु।’













