काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाए । काठमाडौं गुर्खाजका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै गेहरार्ड इरस्मस र डान डौथवेटले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९, माइकल लेभिटले २५ र डान डौथवेटले १९ रन बनाए । चितवनका विदेशी खेलाडी सोहेल तनभिरले सर्वाधिक ५ विकेट लिए । यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर राउटेला र लुक बेनकेन्स्टाइनले १/१ विकेट लिए ।
एनपीएलमा आजै दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सले खेल्दैछन् ।