काठमाडौं – माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो सोमालियाका नागरिक रहेका स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ ।
दुवै डुङ्गामा गरी ७० जना मानिस थिए । डुङ्गा पल्टिएपछि माछा मार्नेहरूले उद्धार गरेका थिए । दुर्घटनाको कारणबारेमा छानबिन भइरहेको स्थानीय प्रहरीले जनाएको छ । बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन् ।
पूर्वी अफ्रिकाको देश माडागास्करको बाटो हुँदै अवैधानिक रूपमा युरोप प्रवेश गर्नेहरूमध्ये वर्षेनि धेरैको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ । एजेन्सी