काठमाडौं – संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन नसकेपछि ।दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको स्रोतले बतायो।
बिहानको बैठकमा सामूहिक छलफल भनिए पनि प्रधानमन्त्रीले फरक(फरक दलसँग छुट्टाछुट्टै बैठक गरेका थिए ।
चार दलको सामूहिक छलफल भने बैठकमा हुन नसकेको सहभागी एक नेताले जानकारी दिए ।
उनले भने,‘प्रधानमन्त्रीले सबै दलसँग छुट्टाछुट्टै कुरा गर्नुभयो । सामूहिक छलफल भने भएन ।’