काठमाडौं – पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय सुमित महतो र जीवन चौधरीको ज्यान गएको छ ।
ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

यसैबीच सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा एक जना महिलाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् । गए राति मलङ्गवा नगरपालिका–१ भेडियाहीमा मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया मलकिनया देवीको ज्यान हो ।

यस्तै रामनगर गाउँपालिका–५ बिर्ता टोलमा रहेको हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा रहेका तीन जना घाइते भएका छन् ।