काठमाडौं – प्रतिनिधि सभाको बैठकमा पटक पटक विद्युत बन्द हुँदा समस्या भएको छ । प्रतिनिधि सभाको जारी बैठकको आधा घन्टामा तीन पटक विद्युत् गएको छ ।

बैठक सुरु भएलगत्तै विद्युत् बन्द भएर प्रतिनिधि सभाको सभाकक्ष अँध्यारो भएको थियो ।

सभामुख देवराज घिमिरेले कांग्रेसका संजयकुमार गौतमलाई बोल्न समय दिए । सांसद गौतमले बोल्न सुरु गरेलगत्तै बत्ती गएको थियो ।

पछि सांसद एकनाथ ढकाल र अमरेशकुमार सिंह बोलिरहँदा पनि बत्ती गएको थियो ।